इजरायली आक्रमणमा आईआरजीसी प्रवक्ता जनरल नैनीको मृत्यु
तेहरान । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता जनरल अली मोहम्मद नैनीको इजरायली हवाई आक्रमणमा मृत्यु भएको छ।
आईआरजीसीले शुक्रबार विज्ञप्ति जारी गर्दै उनको मृत्यु पुष्टि गरेको हो। जनसम्पर्क विभागका अनुसार हालै भएको हवाई आक्रमणमा उनलाई लक्षित गरिएको थियो, यद्यपि आक्रमणबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
समाचार एजेन्सीहरूका अनुसार इरानी सरकारी सञ्चारमाध्यम मेहर समाचार एजेन्सीले पनि जनरल नैनीको मृत्यु भएको पुष्टि गरेको छ।