पटनाको होटलमा छापा, ७ जना आपत्तिजनक अवस्थामा पक्राउ
पटना – इन्धन सङ्कटका कारण भारतमा ग्यास भण्डारणविरुद्ध प्रहरीले निगरानी बढाएको क्रममा बिहारको पटनास्थित एक होटलमा छापा मार्दा ७ जना आपत्तिजनक अवस्थामा पक्राउ परेका छन्।
स्टेशन रोडस्थित नीलम किचेन होटलमा ग्यास सिलिन्डर अनुगमनका लागि पुगेको प्रहरी टोलीले तीन युवक र चार युवतीलाई आपत्तिजनक अवस्थामा फेला पारेको हो। प्रहरीले होटल सञ्चालक सियाराम सिंहलाई समेत नियन्त्रणमा लिएको छ।
होटलका पाँच कोठा ‘सीज’ गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।