रौतहट–३ मा रास्वपाका रविन्द्र पटेल विजयी, जिल्लामा चारै क्षेत्रको नतिजा सार्वजनिक
२४ फागुन, रौतहट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रविन्द्र पटेल २७ हजार ३१८ मतसहित विजयी भएका छन्।
उनले आफ्नो निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका गोविन्द चौधरीलाई १५ हजार ३६४ मतको फरकले पराजित गरेका हुन्। चौधरीले ११ हजार ९५४ मत प्राप्त गरेका थिए।
अन्य प्रतिस्पर्धीमध्ये आम जनता पार्टीका प्रभु साहले ९ हजार ८९० र नेकपा एमालेका कुन्दन प्रसाद कुशवाहाले ६ हजार ६०५ मत ल्याएका छन्।
यससँगै रौतहट जिल्लाका चारै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। चार क्षेत्रमध्ये तीनमा रास्वपा विजयी भए भने निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन्।