मकवानपुर–१ मा रास्वपाका प्रकाश गौतम दोब्बर मतान्तरले विजयी
मकवानपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश गौतम ३६ हजार ३३ मतसहित विजयी भएका छन्।
उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनालाई २ दोब्बर बढी मत अन्तरले पराजित गरेका हुन्। डिनाले १४ हजार ३८ मत प्राप्त गरे। तेस्रो स्थानमा नेकपा एमालेका रामेश्वर राना १२ हजार ७८३ मतसहित रहेका छन्।
अघिल्लो निर्वाचनका विजेता रास्वपा का दीपकबहादुर सिंह छैठौं स्थानमा खुम्चिँदै ४ हजार ५७४ मतमा रोकिएका छन्। अन्य प्रतिस्पर्धीमध्ये नेकपाका विजय गौतमले १० हजार ७८८, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २०५ र श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठले १ हजार २४ मत प्राप्त गरे।
यस नतिजासँगै मकवानपुर–१ क्षेत्रमा ९५ हजार ३१० मत खसेको थियो। डिनाले पाँचौं पटक प्रत्यक्ष निर्वाचनमा हार भोगिन् भने रानाको संघीय संसद प्रवेशको दोस्रो प्रयासमा ‘ब्रेक’ लागेको छ।