सुदूरपश्चिममा मध्याह्नसम्म २० प्रतिशत मतदान
२१ फागुन, कैलाली, नेपाल — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिकतर्फको मतदान जारी रहेको छ।
निर्वाचन आयोग, नेपालका अनुसार मध्याह्न १२ बजेसम्म सुदूरपश्चिम प्रदेश, नेपालमा करिब २० प्रतिशत मतदान भएको छ।
प्रदेशका नौ जिल्लामा हालसम्म कूल तीन लाख ३८ हजार ४३२ मत खसेको आयोगले जनाएको छ। त्यसमध्ये एक लाख ६८ हजार ७४५ महिला, एक लाख ६७ हजार ६७७ पुरुष र एक अन्य मतदाताले मतदान गरेका छन्।
सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली, नेपाल, कञ्चनपुर, नेपाल, अछाम, नेपाल, डडेल्धुरा, नेपाल, बझाङ, नेपाल, बाजुरा, नेपाल, डोटी, नेपाल, दार्चुला, नेपाल र बैतडी, नेपालमा मतदान जारी रहेको छ।