युक्रेनमा रूसी मिसाइल–ड्रोन आक्रमण, ५ जनाको मृत्यु
युक्रेन — मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ५ जनाको मृत्यु भएको क्षेत्रीय अधिकारीहरूले जनाएका छन्।
भोलोदिमिर जेलेन्स्की ले आक्रमणअघि रुसले ठूलो हमला गर्न सक्ने गुप्तचर जानकारी प्राप्त भएको चेतावनी दिएका थिए।
पोल्तावा क्षेत्रमा २ जनाको मृत्यु भएको छ भने जापोरिझिया, खेरसन र खार्किवमा एक–एक जनाको मृत्यु भएको जनाइएको छ। खेरसनमा आफ्नै घरमा रहेका एक बासिन्दाको ज्यान गएको र अन्य क्षेत्रमा पनि आवासीय भवनहरू क्षतिग्रस्त भएका छन्।
आपतकालीन सेवाका अनुसार पोल्तावा क्षेत्रमा ७ जना घाइते भएका छन्। साथै ड्निप्रोपेट्रोभस्क क्षेत्रमा पनि २० भन्दा बढी पटक आक्रमण भएको र सुमीमा ड्रोन आक्रमणबाट एक मिनीबस चालक घाइते भएको बताइएको छ।
रुसले भने विभिन्न क्षेत्रमा युक्रेनका दर्जनौँ ड्रोन आक्रमणहरू रोकेको दाबी गरेको छ।