कुवेतमा अमेरिकी लडाकु विमान दुर्घटनाग्रस्त
सोमबार इजरायल–अमेरिका र इरान बिचको युद्धको तेस्रो दिनमा प्रवेश गरेको छ । यसैबिच, कुवेतमा एक अमेरिकी लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । सीएनएनका अनुसार कुवेतस्थित अमेरिकाको एयर बेस नजिक लडाकु विमान दुर्घटना भएको हो ।
प्रसारित भिडियोमा विमानमा आगो लागेको देखिन्छ । विमान आकाशबाट टेलस्पिन हुँदै खसेको देखाइएको छ । विमान कुन एयर बेसको हो भन्ने स्पष्ट भई नसकेको बताइएको छ । विश्लेषकहरूले विमान एफ–१५ ई वा एफ÷ए–१८ जस्ता ट्विन–इन्जिन लडाकु विमानसँग मेल खाने बताएका छन् । सीएनएनका अनुसार दुर्घटना अमेरिकी अली अल सालेम एयर बेसबाट करिब १० किलोमिटरभित्र भएको देखिन्छ ।