साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण
साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको छ । साउदीको सरकारी तेल कम्पनीले उक्त आक्रमणपछि सुरक्षाका कारण प्रशोधन केन्द्र अस्थायी रूपमा बन्द गरिएको जनाएको छ । यो केन्द्रको दैनिक ५ लाख ५० हजार ब्यारेल तेल उत्पादन गर्ने क्षमता राख्छ ।
आक्रमण भएको क्षेत्रमा पाइपलाइनहरूको ठूलो सञ्जाल छ, जहाँबाट एकै पटक चारवटा ट्याङ्करमा तेल भर्ने गरिन्छ । विश्व बजारमा तेल आपूर्तिका लागि यो केन्द्र रणनीतिक रूपमा निकै महत्वपूर्ण मानिन्छ
यसअघि पनि यस क्षेत्रका तेल खानी र प्रशोधन केन्द्रमा पटकपटक ड्रोन र मिसाइल आक्रमण हुँदै आएका छन् । पछिल्लो आक्रमणले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा प्रभाव पर्न सक्ने आकलन गरिएको छ ।