१० वर्ष कैद तोकिएका फरार प्रतिवादी गोकर्णेश्वरबाट पक्राउ
प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार एक प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले दोलखाको शैलुङ गाउँपालिका– ४ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने धावा छिरिङ लामालाई पक्राउ गरेको हो ।
छिरिङमाथि जिल्ला अदालत दोलखाले २०७४ पुस ४ गते डाँका र ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गरेको थियो । उनलाई अदालतले जनही १० वर्ष कैद र १ लाख १ सय उनानब्बे रुपैयाँ जरिवाना भराउने ठहर गरेको थियो । अदालतको सो फैसला लगत्तै फरार घिसिङलाई मंगलबार प्रहरीले काठमाडौँको गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।
राकेश उपनाम भएका छिरिङलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत पठाइएको काठमाडौँ प्रहरीले जनाएको छ ।