यूएईमा इरानी मिसाइल खस्दा एक जनाको मृत्यु
इरान र इजरायलबिचको द्वन्द्वले अब खाडीका अन्य मुलुकहरूलाई पनि सिधै चपेटामा पारेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा इरानबाट प्रहार गरिएका कैयौँ मिसाइलहरूलाई बीचमै रोकिए पनि त्यसको भग्नावशेष खस्दा कम्तीमा एक जनाको मृत्यु भएको हो।
यूएईले यस उत्तेजक कदमको कडा जवाफ दिने अधिकार आफूसँग सुरक्षित रहेको चेतावनी दिएको छ।
युद्धको जोखिम बढ्दै गएपछि टर्किस एयरलाइन्सले कतार, कुवेत, बहराइन, यूएई, ओमान, लेबनान, सिरिया, इराक, इरान र जोर्डनका लागि आफ्ना सबै उडानहरू रद्द गरेको छ।
कतारको अल-उदेद एयर बेस, कुवेतको अल-सालेम एयर बेस, यूएईको अल-धाफ्रा एयर बेस र बहराइनमा रहेको अमेरिकी पाँचौँ नौसैनिक आधार शिविरमाथि आक्रमण गरिएको छ।