बागलुङमा भएको स्कूल बस दुर्घटनामा एक विद्यार्थीको मृत्यु
बागलुङ नगरपालिका १, रामरेखामा सञ्चालित न्यू एभरेस्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ भने, २५ जना घाइते भएका छन् ।
लोकमार्गदेखि रातमाटातर्फ जाँदै गर्दा दुर्घटना भएको स्कुल बसमा भएका विद्यार्थीमध्ये २६ जना घाइते भएका थिए । तिमध्ये एक विद्यार्थी अमन बोहराको ज्यान गएको धौलागिरी प्रादेशिक अस्पताल बागलुङले जनाएको छ ।
दुर्घटनमा घाइते भएकामध्ये ६ जनालाई उपचारका लागि पोखरास्थित दुई अस्पतालमा अस्पताल पठाइएको बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए । घाइतेमध्ये २३ जना विद्यार्थीको धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा उपचार भइरहेको अस्पतालले जनाएको छ।
गम्भीर घाइते आयुष बोहोरा, आयान बोहोरा, निकित किसान र सोलुमन रसाइलीलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल र सुजल छन्त्याल र सङ्गम किसानलाई भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको अस्पतालले विज्ञप्ति निकालेर जनाएको छ । बिहीबार दिउँसो साढे ४ बजे विद्यालयको ग २ च ८६२१ नम्बरको बस बागलुङ नगरपालिका ३, हाडेपाखामा दुर्घटनामा परेको थियो ।