राजीव झा राष्ट्रिय मुक्ति पार्टी छोडी रास्वपामा प्रवेश
२८ माघ, जनकपुरधाम।राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष तथा धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार राजीव झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।
झा मंगलबार आयोजित एक कार्यक्रमबीच रास्वपामा आबद्ध भएका हुन्। उनलाई सोही क्षेत्रका रास्वपा उम्मेदवार मनिष झाले स्वागत गरेका थिए।
राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्षसमेत रहेका झासँगै सो पार्टीका अन्य नेता–कार्यकर्ताहरू पनि रास्वपामा प्रवेश गरेको जनाइएको छ।
हालैको राजनीतिक समिकरणबीच उनको पार्टी प्रवेशलाई धनुषा क्षेत्र नम्बर ३ मा अर्थपूर्ण रूपमा हेरिएको छ।