त्रिभुवन विमानस्थलको गेटबाहिर राजावादीको प्रदर्शन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाहिर राजावादीहरूले प्रदर्शन गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतको लागि भेला भएका उनीहरूले प्रदर्शन गरेका हुन् ।
पूर्वराजा शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ प्रस्थान गरिसकेका छन् । उनी केही समयपछि त्रिभुवन विमानस्थल अवतरण गर्ने भएका छन् । राजावादीहरूले भेला भएपछि उच्छृङ्खल गतिविधि हुनसक्ने आकलन गरेर प्रहरीले उच्च सुरक्षा सर्तकर्ता अपनाएको छ ।