हर्कबोलले पाए एमाले ओखलढु्ंगा संयोजकको जिम्मेवारी
नेकपा एमालेले ओखलढुंगा संयोजकको जिम्मेवारी हर्कबोल राईलाई दिएको छ । प्रतिनिधिसभाको निर्वाचनको मुखमा जिल्ला कमिटीको बैठकले राईलाई संयोजकको जिम्मेवारी दिएको हो । राई संविधानसभा सदस्य समेत हुन् ।
जिल्ला कमिटी अध्यक्ष जीवी खड्कासहितका नेता-कार्कर्ता पार्टी छाडेर नेकपा प्रवेश गरेपछि यहाँ नेतृत्व रिक्त भएको थियो । पार्टीको उम्मेदवारीप्रति असन्तुष्टि जनाउँदै अम्बिरबाबु गुरुङसहितका एमालेका केही नेताले पार्टी छाडेका थिए ।