उपराष्ट्रपति रामसहायप्रसाद यादव कार्यवाहक राष्ट्रपति नियुक्त
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई कार्यवाहक राष्ट्रपति तोकिएको जानकारी राष्ट्रिय सभालाई गराइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमणमा रहेकाले उहाँ स्वदेश नफर्केसम्म राष्ट्रपति सम्बन्धी जिम्मेवारी उपराष्ट्रपति यादवले सम्हाल्ने भएका हुन्।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभालाई उक्त जानकारी गराउनुभएको हो। राष्ट्रपति पौडेल नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए।