हिमपहिरोमा परेर क्यालिफोनिर्यामा ८ स्किरयरको निधन
क्यालिफोर्नियाको लेक टाहो क्षेत्रअन्तर्गत क्यासल पिक आसपास आएको भीषण हिमपहिरोमा परी आठ स्कियरको मृत्यु भएको पुष्टि भएको छ । मंगलबार बिहान करिब ११ः३० बजे ‘फुटबल मैदान’ जत्रो आकारको हिमपहिरो खसेपछि १५ जना बेपत्ता भएका थिए ।
खोज तथा उद्धार टोलीले बुधबारसम्म लेक टाहो क्षेत्रको दुर्गम भूभागमा आठ जनाको शव फेला पारेको नेभाडा काउन्टी शेरिफ श्यानन मुनले जानकारी दिएकी छिन् । अझै एक जना बेपत्ता रहेको र उनलाई मृत मानिएको बताइएको छ ।
हिमपहिरोपछि क्षेत्रमा अरू ३ फिटसम्म हिउँ परेकाले उद्धार कार्य अत्यन्त कठिन बनेको अधिकारीहरूले बताएका छन् । मौसमको अवस्था डरलाग्दो रहेको र जोखिम अझै उच्च रहेको बताइएको छ । यस घटनामा १५ मध्ये ६ जनालाई जीवित उद्धार गरिएको छ ।
घाइते दुई जनालाई हिँड्न नसक्ने अवस्थामा अस्पताल लगिएको छ । यिनीहरूको अवस्था खतरामुक्त रहेको छ । मृतकमध्ये एक जना उद्धार टोलीकै सदस्यका जीवनसाथी भएको बताइएको छ । सो टोलीमा ११ जना स्कियर र ४ जना गाइड थिए ।