नेप्से ३१.१२ अंकले बढ्यो, सबै समूहका उपसूचक हरियाली
काठमाडौं – साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.१२ अंकले बढेर २६७२.५५ बिन्दुमा पुगेको छ। आज कुल ८ अर्ब ४० करोड २७ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ।
नेप्से बढ्दा २२४ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ३१ वटा कम्पनीको सेयर मूल्य घटेको छ। आज ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
आज सागर डिस्ट्रीलरीको सेयर बिक्री गर्ने लगानीकर्ताले सबैभन्दा बढी नाफा आर्जन गरेका छन् भने थ्री स्टार हाइड्रोको सेयर बिक्री गर्नेले सबैभन्दा बढी घाटा भोगेका छन्। नेप्से बढेसँगै सबै समूहका सबै उपसूचक हरियाली बनेका छन्।