आज दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं, ४ माघ
आज संघीय संसद्अन्तर्गत दुई वटा संसदीय समितिको बैठक बस्ने भएका छन्।
राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो सवा १२ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्नेछ। उक्त बैठकमा पर्यटन विधेयकका प्रावधानहरूमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आजै बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१/०८२ माथि छलफल गरिने जनाइएको छ।
सम्बन्धित विधेयक र प्रतिवेदनमाथि गहिरो छलफल हुने अपेक्षा गरिएको छ।