ओली–लिङ्देन भेटवार्ता, समसामयिक राजनीतिबारे छलफल
२३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गरेका छन्।
भक्तपुरको गुण्डुस्थित ओलीको निवासमा बुधबार साँझ भएको भेटवार्तामा राप्रपा अध्यक्ष लिङ्देन सहभागी भएको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्।
प्रवक्ता श्रेष्ठका अनुसार भेटका क्रममा पृथ्वी जयन्तीको अवसरमा राप्रपाले आयोजना गर्न लागेको चियापान कार्यक्रममा सहभागी हुन ओलीलाई निमन्त्रणा दिइएको छ।
यसका साथै भेटवार्ताका क्रममा देशको समसामयिक राजनीतिक परिस्थितिबारे गहिरो विश्लेषण गर्दै लामो संवाद भएको प्रवक्ता श्रेष्ठले बताए।
भेटवार्तालाई पछिल्ला राजनीतिक गतिविधिसँग जोडेर हेरिएको छ भने यसबारे थप विवरण सार्वजनिक गरिएको छैन।