महाराष्ट्रमा अजित पवार सवार विमान दुर्घटनाग्रस्त, उपमुख्यमन्त्रीको मृत्यु
१४ माघ, काठमाडौं । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार विमान दुर्घटनामा परी मृत्यु भएका छन्। बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिँदा दुर्घटना भएको थियो।
हिन्दुस्तान टाइम्सका अनुसार, दुर्घटनाको समयमा विमानमा पाँच जना यात्री सवार थिए। पवारसँगै विमानमा विदिप जाधव, पिंकी माली, सुमित कपुर र शम्भवी पाठक पनि थिए।
पवारका निकट सहयोगी किरण गुजरले उपमुख्यमन्त्रीसहित ६ जनाको शव अस्पतालमा ल्याइएको पुष्टि गरेका छन्।
६६ वर्षीय पवार जिल्ला परिषद् निर्वाचनअघि चारवटा सार्वजनिक सभालाई सम्बोधन गर्न बारामती जाँदै थिए।