सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश, गोरखाबाट चुनाव लड्ने घोषणा
काठमाडौं – जेन–जी अभियन्ता सुदन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको तस्वीर सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने घोषणा गरेका छन्।
गुरुङले आज दिउँसो ३:३० बजे फेसबुकमार्फत आफू र मेयर साह औपचारिक रूपमा पार्टीमा प्रवेश गर्न लागेको जानकारी दिएका छन्। उनले यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको बताएका छन्।
उनले नागरिकले माग्दै आएको जबाफदेहिता, स्पष्ट दिशा र नतिजामुखी कामलाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको बताएका छन्। साथै, जनहितलाई पहिलो प्राथमिकता दिने, युवाको विश्वास सुरक्षित राख्ने र परिवर्तनलाई दीर्घकालीन बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
गुरुङले आफ्नो राजनीतिक यात्रा जनतासँगै अघि बढ्ने स्पष्ट पारेका छन् र गोरखाबाट चुनाव लड्ने घोषणा गरिसकेका छन्।