दक्षिण कोरियाबाट आयात हुने सामानमा २५ प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने सामानमा लाग्ने ट्यारिफ १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याउने घोषणा गरेका छन्। यो निर्णय कार, औषधि, काठजन्य सामग्रीलगायत विभिन्न उत्पादनमा लागू हुने जनाइएको छ।
ट्रम्पले यो जानकारी सोसल मिडिया प्लेटफर्म ट्रुथ मार्फत् दिँदै यसलाई ‘रेसिप्रोकल ट्यारिफ’ नीति अन्तर्गतको कदम बताएका छन्, जसअनुसार अन्य देशले अमेरिकी सामानमा उच्च शुल्क लगाएमा अमेरिकाले पनि जवाफी रूपमा उच्च ट्यारिफ लगाउँछ।
दक्षिण कोरियाले व्यापार सम्झौता ठीकसँग कार्यान्वयन नगरेको आरोप ट्रम्पको छ। यता, दक्षिण कोरियाले भने यसबारे कुनै आधिकारिक जानकारी नपाएको र अमेरिकासँग तत्काल वार्ता गर्नुपर्ने जनाएको छ।