प्रधानमन्त्री र आयोगका पदाधिकारीबिच छलफल
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूसहित निर्वाचन आयोगका अधिकारीहरूसँग छलफल गरेकी छन् । आइतबार बालुवाटारमा मन्त्रीसहित आयोगका पदाधिकारीहरूसँग प्रधानमन्त्रीले छलफल गरेकी हुन् ।
प्रधानमन्त्रीसहित मन्त्रीहरूको छलफलमा निर्वाचन आचारसंहिता कार्यान्वयनबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।