स्विट्जरल्यान्डकाे स्विस स्की रिसोर्टमा विस्फोट
स्विट्जरल्यान्डको स्की रिसोर्ट क्रान्स–मोन्टानाको बारमा विस्फोट हुँदा धेरै जनाको मृत्यु भएको छ । अरु धेरै घाइते भएको प्रहरीले बताएको भन्दै बीबीसीले समाचार छापेको छ ।
स्थानीय समय अनुसार विष्फोट ०१ः३० बजे कन्स्टेलेसन बारमा विस्फोट भएको बीबीसीलाई दिएको एक विज्ञप्तिमा प्रहरीले भनेको छ ।
नयाँ वर्षको पूर्वसन्ध्या मनाइँदै गर्दा बारमा आगो लागेको प्रहरीले जनाएको छ । क्रान्स–मोन्टाना स्विस अल्प्सको मुटुमा अवस्थित एक विलासी स्की रिसोर्ट शहर हो । यो स्विस राजधानी बर्नबाट लगभग दुई घण्टा टाढा छ । क्रान्स–मोन्टाना रिसोर्ट पयर्टकमाझ निकै चर्चित स्की रिसोर्ट हो ।