अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोलम्बियाका समकक्षीसँग आगामी बैठकको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादास्पद मुद्दाहरूमा छलफल गर्न दुई पक्ष बिचमा फोन वार्ता भए पछि ह्वाइट हाउसमा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोसँग भेटको व्यवस्था गरिएको घोषणा गरेका छन् ।
ट्रपले सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट गर्दै पेट्रोले आफुलाई दुई पक्षबिचको मतभेदको व्याख्या गर्न बोलाएको जनाउँदै निकट भविष्यमा उनलाई भेट्न आफु उत्सुक रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले राज्य सचिव मार्को रुबियो र कोलम्बियाका विदेश मन्त्री बीच छलफलको लागि आवश्यक व्यवस्था भइरहेको उल्लेख गर्दै बैठक ह्वाइट हाउसमा हुने पुष्टि गरेका छन् ।
यसैबिच, कोलम्बियाका मिडियाहरुले राष्ट्रपति पेट्रोलाई उद्धृत गर्दै उनले पहिलो पटक अमेरिकी राष्ट्रपतिसँग फोनमा कुरा गरेको र बोगोटा र वासिङ्टनबिच प्रत्यक्ष सञ्चार च्यानलहरू पुनः खोल्न आग्रह गरेको जनाएका छन् ।