रवि लामिछानेमाथि संशोधन अभियोगविरुद्ध सर्वोच्चमा मुद्दा पेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि रहेको अभियोग संशोधनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा परेको छ।
सर्वोच्चका न्यायाधीश अब्दुर अजीज मुसलमानको इजलासको ‘ग’ नम्बरमा मुद्दा पेश भएको हो। लामिछानेमाथि रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दा महान्यायाधीवक्ता कार्यालयले संशोधन गरेको थियो।
केपी शर्मा ओलीको प्रधानमन्त्रीतामा लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर गरिएको थियो। रास्वपाले यसलाई राजनीतिक प्रतिशोधको रूपमा लिएको बताउँदै आएको थियो।
महान्यायाधीवक्ता कार्यालयले लामिछानेसहित सहकारी ठगी प्रकरणका अन्य प्रतिवादीविरुद्ध दायर भएका मुद्दाहरूमा पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर फिर्ता लिएको थियो।