दाङको लमहीमा सुनचाँदी पसलमा गोली, १८ वर्षिय सञ्चालक घाइते
१९ मंसिर, बुटवल, दाङको लमही नगरपालिका–५ मा रहेको सुनचाँदी पसलमा गोली चल्ने घटना भएको छ। लमही गल्लीस्थित जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलाइएको प्रहरीको प्रारम्भिक अनुमान छ।
गोली लागी पसलका १८ वर्षीय सञ्चालक दिपक सुनार घाइते भएका छन्। घाइते सुनारको अहिले लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोषणराज पाण्डेले जानकारी दिएका छन्।