नेपाल वायुसेवा निगमको ‘न्यारो बडी’ जहाज इन्जिन सट्टापट्टाका लागि इजरायल जाने
काठमाडौँ, १४ पुस । नेपाल वायुसेवा निगम (नेवानि) को एक थान ‘न्यारो बडी’ जहाज इन्जिन सट्टापट्टाका लागि इजरायल पठाइने भएको छ।
निगम प्रवक्ता अर्चना खड्काका अनुसार, नेवानि र इजरायलस्थित आईएमआईबीच भएको ‘मेन्टिनेन्स विथ लिज सपोर्ट’ सम्झौताका आधारमा वार्ता सफल भएपछि जहाज पठाउने निर्णय भएको हो।
‘ए३२०-२००’ सिरिजको उक्त जहाज आज इजरायल पुग्ने कार्यक्रम रहेको छ भने इन्जिन र प्राविधिक प्रक्रिया पूरा भएपछि जनवरी दोस्रो साता काठमाडौं फर्कने योजना छ।
नेवानि उच्च व्यवस्थापनले लामो समयदेखि विवादमा रहेको विषय टुंग्याउँदै जहाजको इन्जिन सट्टापट्टाको प्रक्रिया अघि बढाएको निगमले जनाएको छ।