रवि लामिछाने भेट्न नख्खु पुगे सुदन
काठमाडौँ – हामी नेपालका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भेट्न नख्खु कारागार पुगेका छन्।
गुरुङले सामाजिक सञ्जालमा भनेका छन्, “बालेन र कुलमानको एकतापछि, हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्दैछौँ र उहाँको धारणा पनि सुन्नेछौँ।”
पछिल्लो समय काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र रवि लामिछाने एक हुनुपर्छ भन्दै गुरुङको जोड रहेको छ। उनले जेनजी आन्दोलनले पुराना शक्तिहरूलाई खारेज गरेको भन्दै नयाँ र वैकल्पिक शक्ति एक हुनुपर्नेमा पनि जोड दिएका छन्।
गुरुङ यसअघि सरकारप्रति आक्रोशित देखिएका थिए।