बागलुङमा जिप दुर्घटना, आठ जना घाइते
१८ मंसिर, बागलुङ । बागलुङ नगरपालिका–८ सिगाना सेरामा बिहीबार दिउँसो जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। बरेङबाट बागलुङ बजारतर्फ आइरहेको ग ३ च ४८३४ नम्बरको जिप दिउँसो साढे ४ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
दुर्घटनामा चालक सुसान्त जिसीसहित प्रशान्त खड्का, सावित्री भण्डारी, विस्मिता भण्डारी, सपना भण्डारी, निशा भण्डारी, चन्द्र भण्डारी र झुपा भण्डारी घाइते भएका प्रहरी निरीक्षक कमलजंग थापाले जानकारी दिए।
घाइते सबैलाई उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा पठाइएको प्रहरीले जनाएको छ।