समानुपातिकतर्फको बन्दसूची बुझाउने दलको संख्या चार पुग्यो
१४ पुस, काठमाडौँ । निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाउने राजनीतिक दलको संख्या चार पुगेको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज बन्दसूची बुझाउने अन्तिम दिन तोकिएको छ ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाइसकेका छन् ।
आयोगले तोकिएको समयसीमाभित्र बन्दसूची नबुझाउने दललाई समानुपातिक निर्वाचन प्रक्रियामा सहभागी हुन नपाइने जनाएको छ । अन्य दलहरू पनि अन्तिम समयसम्म बन्दसूची बुझाउने तयारीमा रहेको आयोगको भनाइ छ ।