ललितपुर एकान्तकुनामा पिकअप ठक्कर, महिला मृत्यु
काठमाडौँ — ललितपुर महानगरपालिका–१३ एकान्तकुनामा पिकअपले पैदल यात्रु ठक्कर दिँदा करिब ४० वर्षीया महिला मृत्यु भएको छ। राति प्रदेश–३–०१–०२४ च ९६७४ नम्बरको पिकअप एकान्तकुनाबाट सातदोबाटो जाँदै गर्दा महिलालाई ठक्कर दिएको थियो।
ठक्करपछि महिला विपरीत दिशाबाट आएको निजी कारमा ठोक्किँदा दुर्घटनाको श्रृंखला बढेको थियो। यसै क्रममा पिकअपको पछाडिबाट दुई मोटरसाइकल पनि ठोक्किएको छ। मोटरसाइकल चालक अनुराग प्रसाद कुशुहवा घाइते भएका छन्।
पक्राउ परेका चालकहरूमा पिकअप चालक हेमराज विक (१९, सिन्धुली), कार चालक सुशान्त महर्जन (२८) र मोटरसाइकल चालक सुमित शर्मा (१९, धनुषा) रहेका छन्। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ।