जेनजी आन्दोलन सम्बन्धमा रमेश लेखक सिंहदरबारमा बयानका लागि उपस्थित
१४ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका छन्। आयोगले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा तत्कालीन गृहमन्त्री लेखकसँग बयान लिन लागेको हो।
लेखकको बयान जेनजी आन्दोलनसम्बन्धी घटनाको विस्तृत तथ्यांक संकलनका लागि लिइने जाँचबुझ आयोगले जनाएको छ। आयोगले त्यसबेला भएको गतिविधि, निर्णय र तत्कालीन सरकारको भूमिका बुझ्न बयान आवश्यक ठानेको छ।
यो प्रक्रिया मार्फत आयोगले आन्दोलनका क्रममा भएका घटना र जिम्मेवारी निर्धारण गर्ने उद्देश्य राखेको बताइएको छ।