कृष्ण यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा सहमत
काठमाडौँ — नेपाली कांग्रेसका नेता कृष्ण यादव मधेस प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन्। शुक्रबार सात दलबीच भएको छलफलपछि यस्तो सहमति जुटेको हो।
लोसपा संसदीय दलका नेता जयनल रायका अनुसार, यादवले केहीबेरमा मुख्यमन्त्रीको दाबी पेश गर्नेछन्।