बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन
बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी रहेकी जियाको आज बिहान उपचारका क्रममा निधन भएको हो। उनी विगत २० दिनदेखि भेन्टिलेटरमा रहेकी थिइन्।
खालिदा जिया विगत केही वर्षदेखि छातीको संक्रमण, कलेजो, मिर्गौला, मधुमेह, बाथ र आँखा सम्बन्धी विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित थिइन्। उनको निधनको पुष्टि परिवार र पार्टीका नेताहरूले गरेका छन्।