आमरण अनसनरत डा. निकोलस भुसालको स्वास्थ्य अवस्था गम्भीर
काठमाडौँ । माइतीघर मण्डलामा विगत सात दिनदेखि आमरण अनसनमा रहेका डा. निकोलस भुसालको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। नेपाल चिकित्सक संघका आजीवन सदस्यसमेत रहेका भुसालको स्वास्थ्य अवस्थाप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीका अनुसार डा. भुसालमा रिँगटा लाग्ने, शरीर सुन्निने लगायतका जटिल समस्या देखिन थालेका छन्। स्वास्थ्य जोखिम बढ्दै गएपछि संघले उनको जीवन रक्षाका लागि आवश्यक कदम चाल्न सरकारसँग माग गरेको छ।
संघले समयमै उपचार र सुरक्षाको व्यवस्था नगरे गम्भीर अवस्था आउन सक्ने चेतावनी दिँदै तत्काल पहल गर्न आग्रह गरेको छ।