सभामुख घिमिरेद्वारा पूर्व–पश्चिम एसियन राजमार्ग स्थलगत निरीक्षण, प्रगति २५% मात्र
काठमाडौं – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निर्माणाधीन पूर्व–पश्चिम एसियन राजमार्गको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणमा आयोजना अहिलेसम्म २५ प्रतिशत मात्रै सम्पन्न भएको पाइएको छ।
निरीक्षण टोलीले सडक निर्माणको वर्तमान अवस्था, ढिलाइका कारण र समाधानका उपायबारे निर्माण पक्षसँग छलफल गरेको छ। साथै, समयमै काम पूरा गर्न र अवरोध हटाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन पनि दिइएको छ।
नेपाल सरकारको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लबीपुरसम्म ९५ किलोमिटर सडक एसियन राजमार्ग मापदण्डअनुसार स्तरोन्नति भइरहेको छ।