प्रतिनिधिसभा सदस्य निर्वाचनबारे सिंहदरबारमा छलफल सुरु
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन कानुन र व्यवस्थापनसम्बन्धी छलफल सिंहदरबारमा सुरु भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सुरु भएको उक्त छलफलमा गृह मन्त्रालय र निर्वाचन आयोगले आ–आफ्नो प्रस्तुतीकरण दिइरहेका छन्।