काठमाडौँमा सर्वसाधारणलाई हैरानी दिने ११ जना पक्राउ
६ पुस, काठमाडौँ । प्रहरीले सर्वसाधारणलाई दुःख–हैरानी दिँदै अभद्र व्यवहार गर्ने ११ जनालाई नियन्त्रणमा लिएको छ।
सोमबार काठमाडौँ महानगरपालिका–१४, कलंकी क्षेत्रका सार्वजनिक स्थान तथा सडक किनारामा हिँडिरहेका सर्वसाधारणलाई जबरजस्ती सवारी साधनमा चढाउन खोज्ने र नमाने अपशब्द प्रयोग गर्ने गतिविधि भइरहेको सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ।