प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
काठमाडौँ ।प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ भएको भेटमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल भएको बताइएको छ।
भेटवार्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, रास्वपाका उपसभापति डा. स्वर्णीम वाग्ले तथा महामन्त्री कविन्द्र बुर्लाकोटीको समेत सहभागिता रहेको थियो।