लघुवित्त तथा मिटरब्याज पीडितको काठमाडौं केन्द्रित आन्दोलन सुरु
लघुवित्त तथा मिटरब्याज पीडितहरूले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका छन्।
भूमि अधिकार आन्दोलन, नेपाल लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति र नेपाल मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनले संयुक्त रूपमा विरोध प्रदर्शन सुरु गरेका हुन्।
आन्दोलनको क्रममा उनीहरूले बल्खुदेखि र्याली सुरु गरी त्रिपुरेश्वर, सहिद गेट हुँदै शान्तीवाटिकामा कोण सभा गर्ने कार्यक्रम रहेको छ।