त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निमित्त महाप्रबन्धकमा टेकनाथ सिटौला
७ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निमित्त महाप्रबन्धकको जिम्मेवारी टेकनाथ सिटौलालाई दिइएको छ।
यसअघि विमानस्थल प्रमुख रहेका हंसराज पाण्डेमाथि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित भ्रष्टाचार मुद्दा दायर भएपछि उक्त पद रिक्त भएको थियो।
यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्णलाई नियुक्त गरिसकेको छ। प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीमाथि पनि मुद्दा दायर भएपछि क्यान नेतृत्वविहीन बनेको थियो।