रास्वपाले समानुपातिक उम्मेदवार छनोटको मतदान समय थप्यो
१३ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवार छनोटका लागि भइरहेको प्रारम्भिक मतदानको समय थप गरेको छ ।
मतदाताको चाप धेरै भएको भन्दै पुस १४ गते बिहान १० बजेसम्मका लागि मतदानको समय थपिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवार छनोट प्रक्रियाका लागि हाल चालु रहेको प्रारम्भिक मतदानमा मतदाताहरुको अत्याधिक धेरै चाप रहेको हुँदा तोकिएको समयमा मतदान सम्पन्न हुन कठिन हुने देखिएकोले पार्टी सचिवालयबाट प्रारम्भिक मतदानको समय २०८२ पौष १४ गते बिहान १०:०० बजेसम्मका लागि थप गर्ने निर्णय भएको ब्यहोरा अनुरोध गरिन्छ,’ बुर्लाकोटीले भने ।
रास्वपाले फागुन २१ गतेका लागि हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ उम्मेदवार हुन इच्छुकहरूको आवेदन माग गरेको थियो । आवेदन दिएकाहरूलाई आन्तरिक निर्वाचनमार्फत उम्मेदवार छनोट गर्न अहिले रास्वपामा आन्तरिक निर्वाचन भइहेको छ ।