चीनले नयाँ सञ्चार परीक्षण उपग्रह सफलतापूर्वक गर्यो प्रक्षेपण
बेइजिङ । चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।
बेइजिङ समयअनुसार साँझ ८ः३० बजे लङ मार्च–५ वाहक रकेटमार्फत प्रक्षेपण गरिएको उपग्रहले निर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेको जनाइएको छ ।
यो उपग्रह मुख्य रूपमा बहु–ब्यान्ड र उच्च–गति सञ्चार प्रविधि सम्बन्धी परीक्षण र प्रमाणीकरणका लागि प्रयोग गरिनेछ ।
यस प्रक्षेपणसँगै लङ मार्च वाहक रकेट श्रृंखलाले आफ्नो ६१८औँ मिसन सफलतापूर्वक पूरा गरेको छ ।