प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी परिचरको मृत्यु, अनुसन्धान सुरु
काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत एक प्रहरी परिचरको आज बिहान मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पनकुमार भट्टराईका अनुसार उदयपुर घर भई काठमाडौंको बुद्धनगरमा बस्दै आएका प्रहरी परिचर बलबहादुर थापा मगर आज बिहान आफ्नै कोठामा मृत अवस्थामा फेला परेका थिए।
थापालाई तत्काल उद्धार गरी उपचारका लागि एभरेष्ट अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
उनको मृत्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।