विराटनगरबाट स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक जना पक्राउ
काठमाडौँ, १३ पुस । मोरङको विराटनगरबाट स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ निवासी ४९ वर्षीय अरबिन्द्र अग्रवाल रहेका छन्।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१५ स्थित सुनसरी ट्रेडिङ सेन्टर अगाडि सडकमा भारततर्फबाट आउँदै गरेको प्रदेश नम्बर १–०४–००१ च ०१६४ नम्बरको कार चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरिएको हो।
बरामद गरिएको रकमको स्रोत खुल्न नसकेपछि अग्रवाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको छ।