गण्डकीका पहाडमा हल्का वर्षा–हिमपातको सम्भावना
काठमाडौँ — देशका विभिन्न प्रदेशमा आज आंशिक बदलीसहित मौसम सामान्य रूपमा स्थिर देखिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा दिनभर साधारणतया बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली मात्र रहने Mahashakhaले जनाएको छ।
आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ।