नेपाल बार एशोसिएशनले ७० औँ स्थापना दिवस मनायो
७ पुस, काठमाडौं । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनले सोमबार ७० औँ स्थापना दिवस मनाएको छ।
बारको स्थापना दिवसको अवसरमा रामशाहपथस्थित पहिलो बार कार्यसमितिमा रहेका सदस्यहरूको तस्बिरमा माल्यार्पण गर्दै बार डे मनाइएको हो। उक्त कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायत सहभागी भएका थिए।
नेपाल बार एशोसिएशनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले बार दिवस–२०८२ देशभरका बार कार्यालयहरूमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको जानकारी दिए। उनले नेपालको न्यायपालिकालाई स्वच्छ, निष्पक्ष बनाउँदै मुलुकमा संविधानवाद स्थापनाका लागि बार एशोसिएशन सदैव प्रतिबद्ध रहेको बताए।
नेपाल बार एशोसिएशनको स्थापना २०१३ साल पुस ७ गते भएको हो। स्थापना दिवसको अवसरमा बारले प्रत्येक वर्ष पुस ७ गते ‘बार डे’ मनाउँदै आएको छ।