प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजकमा सन्दिप पुन चयन
काठमाडौं — प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन भएका छन्। पार्टीको पुष १ र २ गते सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णयअनुसार पुनलाई उक्त जिम्मेवारी प्रदान गरिएको पार्टी स्रोतले जनाएको छ।
नेपालको राजनीतिक तथा विद्यार्थी आन्दोलनको इतिहासमा पहिलो पटक शहिदका सुपुत्रले विद्यार्थी संगठनको केन्द्रीय नेतृत्व तहमा जिम्मेवारी पाएका हुन्। पुन महान जनयुद्धका शहिद कमरेड सुन्दर र महान शहिद कमरेड बृक्षाका सुपुत्र हुन्।
पार्टीका अनुसार पुनको नेतृत्वमा विद्यार्थी आन्दोलनलाई थप व्यवस्थित, सशक्त र प्रभावकारी बनाउँदै लोकतान्त्रिक मूल्य–मान्यता र प्रगतिशील विचारधारालाई अघि बढाइने विश्वास लिइएको छ।
साथै, जेन–जी विद्रोहपछि स्थापित हुने पहिलो विद्यार्थी संगठन भएकाले यस संगठनको भूमिका आगामी दिनमा विद्यार्थी आन्दोलन र समग्र राजनीतिमा अझ प्रभावकारी हुने अपेक्षा गरिएको पार्टीले जनाएको छ।