नेप्से सोमबार १३.८८ अंकले घट्यो, बजार रातोमा बन्द
काठमाडौं, ७ पुस – सोमबार सेयर बजारमा गिरावट देखिएको छ। नेप्से परिसूचक १३.८८ अंकले घटेर २५८१ अंकमा झरेको छ। दिनभर बजार रातोमा रह्यो र कारोबार रकम ३ अर्ब ५१ करोडमा सीमित रह्यो, अघिल्लो दिन ४ अर्ब ५२ करोड भएको थियो।
कुल ५४ कम्पनीको मूल्य बढ्दा २०० कम्पनीको घटेको र ५ कम्पनीको स्थिर रहेको छ। समूहगत सूचकमध्ये व्यापार बाहेक सबै घटेका छन्। जीवन बीमा १.०१%, होटल तथा पर्यटन १.२६%, बैंकिङ ०.३५%, विकास बैंक ०.३७%, फाइनान्स ०.१५%, हाइड्रोपावर ०.६६%, लगानी ०.९७%, उत्पादन तथा प्रशोधन ०.३२%, माइक्रोफाइनान्स ०.४५%, निर्जीवन बीमा ०.४५% र अन्य ०.६९%ले घटेका छन्।
आज मूल्यमा सर्वाधिक वृद्धि भएको कम्पनी एसवाई प्यानल १०% ले बढेको छ। सीवाईसी लघुवित्त ५.९०%, पियोर इनर्जी ५.८७% र हिमालयन पावर पार्टनर ३.५२%ले बढेका छन्। सबैभन्दा धेरै घट्नेमा मानुषी लघुवित्त ६.८४%, लक्ष्मी लघुवित्त ५.५८%, स्वस्तिक लघुवित्त ५.५१% र तेह्रथुम पावर ५.२०% रहेका छन्।
आज धेरै कारोबार भएका कम्पनीहरूमा लुम्बिनी विकास बैंक, सन नेपाल लाइफ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, हिमालयन पावर पार्टनर र सिटिजन लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेका छन्।